
टन्टलापुर घाममा उर्लिएकाे सुनकाेशीले डुबायाे माझी बस्ती र खेत
टन्टलापुर घाँमसँगै अचानक उर्लिएर आएकाे सुनकोशी नदिले रामेछापको खाँडादेवीमा रहेकाे माझी बस्ती र खेत डुबाएकाे छ । उर्लिएर आएको सुनकोसीले शुक्रवार विहान १० वजेको समयमा डुबानमा पारेको स्थानीयले बताएका छन् ।
सिन्धुपाल्चोकमा भएको अत्यधिक वरषाका कारण आएको बाढीले सुनकोसी उर्लिएकाे हाे । बाढीबाट नदी तटमा रहेकाे सिन्धुली जिल्लाको सुनेकोशी गाँउपालीका ५ मुल्कोट क्वालीटी भिच रिसोर्ट र रामेछाप जिल्लाको खाँडादेवी गाँउपालीकाको वडा नम्वर ३ डफ्का माझी वस्ती र उनीहरुको खेत डुबानमा परेको हाे ।
