
आज देशभर हल्का वर्षा हुने, सुदुरपश्चिममा भारी वर्षाकाे सम्भावना
आज देशभर वर्षा हुन सक्ने सम्भावना रहेको छ । तर वर्षा हल्का हुने माैसम विज्ञान विभागले जनाएको छ ।
साधरणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गत २४ घण्टामा पाल्पा र सिन्धुपाल्चोक जिल्लामा अधिक वर्षा भएको छ भने लमजुङ, चितवनमा वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने विभागले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
