एमालेबाट मन्त्री बन्नेको नाम टुङ्गीयो, अर्थमा विष्णु, सञ्चारमा पृथ्वीसुब्बा, शिक्षामा विद्या, अरुमा को ?
नेकपा एमालेले गठबन्धन सरकारमा सहभागि गराउने मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेससँगको गठबन्धनमा सरकारको नेतृत्व गर्न लागेको एमालेले यसपटक गण्डकी प्रदेशबाट दुई जना मन्त्री बनाउने भएको छ । गण्डकी प्रदेशबाट उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङ सञ्चार सूचना तथा प्रविधि मन्त्री बन्ने भएका छन् भने शिक्षा मन्त्रीमा विद्या भट्टईले जिम्मेवारी पाउने भएकी छिन् ।
एमालेले अर्थमन्त्रीमा पुर्व अर्थमन्त्री समेत रहेका विष्णु पौडेललाई जिम्मेवारी दिने भएको छ भने उद्योग मन्त्रीमा दामोदर भण्डारी र भूमिमा पुरानै मन्त्री बलराम अधिकारीले म्मिा पाउने भएका छन् ।
त्यसैगरी राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाउनेछन् ।
मधेशबाट राजकुमार गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ । भने सोलुखुम्बुका सांसद मानवीर राईलाई रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ ।