
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा केपी ओली नियुक्त, साेमबार सपथ
राष्ट्रपति रामचन्द्र पाैडेलले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई नियुक्त गरेका छन् । आज असार ३० गतेबाट नेपालकाे प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेससहितको गठबन्धनबाट एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले भाेली साेमबार ११ बजे सपथ लिने कार्यसुची राष्ट्रपति कार्यलयले तय गरेको छ ।
