आज भानु जयन्ती देशभर मनाइँदै, प्रचण्डले दिए शुभकामना

मूलखबर संवाददाता
काठमाडौं, २९ असार

आज असार २९ गते, आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती (भानु जयन्ती)। भानु जयन्तीको अवसरमा देश र विदेशमा समेत भानुभक्तको स्मृतिमा र सम्मानमा विभिन्न कार्यक्रमहरू आयाेजना गरिन्छन् ।

भानु जयन्तीको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिनुभएको छ । प्रधानमन्त्रीकाे रूपमा विश्वासको मत लिन असफल भएपछि प्रचण्ड कामचलाउ प्रधानमन्त्रीकाे रूपमा रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले एक शुभकामना सन्देश नाेट जारी गर्दै भानुभक्तका योगदानहरूको स्मरण र सम्मान गर्न अपिल गर्नुभएको छ ।

सन्देशमा भनिएको छ- `आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती (भानु जयन्ती)काे देशभित्र र बाहिर रहनुभएका साहित्यानुरागी एवं समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। आजको दिनले आदिकवि भानुभक्तका योगदानहरूको स्मरण र सम्मानसहित हाम्रो प्राचीन दर्शन, सभ्यता, संस्कृति र साहित्यका असल पक्षहरू अनुशरण गर्दै संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु।´