
ओम्नी र गिरिबन्धुहरूको कलङ्क नबोकी सरकार चलाए: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले आफूले कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको कलङ्क नबोकी सरकार चलाउन सफल भएको बताउनु भयो ।
प्रतिनिधिसभाबाट विश्वासको मत लिदै प्रधानमन्त्री प्रचण्डले आफुले जनतासंग संकल्प गरेको कुरा स्मरण गर्दै उहाँले सरकारले राज्यबाट जनतालाई प्रदान गरिने सेवाप्रवाहको सरलीकरणको प्रयास गरेको बताउनु भयो । प्रधानमन्त्रीका रूपमा आफूले सुशासनको सङ्कल्प गरेको उल्लेख गर्दै उहाँले जनतालाई खबरदारी गर्न र आफ्नो शक्ति प्रदर्शन गर्ने समय आएको बताउनु भयो।
