
दुखद खबर : पहिरोले दुईवटा बस बगायो, ढुंगाले लाग्दा एक चालकको ज्यान गयो
वर्षसँगै आएको पहिरोले आज शुक्रबार बिहान नारायणघाट मुग्लिङ सडक खण्डको सिमलताल भन्ने ठाउँमा यात्रुबाहक २ वटा बस बगाएको छ । विहान ३:३० बजे भएको घटनामा काठमाडौँबाट रौतहट गइरहेको गणपति डिलक्स र बीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको एञ्चल डिलक्स बस नारायणघाट मुग्लिङ सडक खण्डको सिमलताल भन्ने ठाउँमा पहिरोले बगाएर लापत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रौतहट जान लागेको बसमा २४ जना यात्रु र बिरगन्जबाट काठमाडौँ आउन लागेको बसमा ४१ यात्रु रहेका मध्ये तीनजना यात्रु बसबाट हाम फालेर सकुशल रहेको र अरु यात्रुको अवस्था अज्ञात रहेको छ । घटनास्थलमा खोजी कार्य भइरहेको प्रहरीले बताएको छ
त्यसैगरी सो सडक खण्डमा अर्को एक बसमा ढुङ्गाले लागेर बस चालकको ज्इान गएको छ, ढुंगा लागेर घाइते भएका चालकको उपचारको क्रममा ज्इान गएको हो ।
