
माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री तथा दल नेता पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा पछिल्लो विकसित घटनाक्रम र २८ असारमा प्रधानमन्त्रीले लिने विश्वासको मतबारे छलफल भएको बताइएको छ ।
सत्ता घटकको प्रमूख दल नेकपा एमालेले सरकारालाइ दिएको समर्थन हठात् फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने घोषणा गरिसकेका छन् ।
एक सदस्यका अनुसार प्रतिनिधिसभा बैठक बस्ने भएकाले माओवादी केन्द्रको संसदीय दलको बैठक बोलाइएको हो । बैठकमा माओवादी दल उपनेता तथा परराष्ट तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहित प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्वाचित सांसदहरुको सहभागिता रहेको छ ।
