जीतपुरसिमरा उपमहानगरमा स्वास्थ्य अभियान, निशुल्क उपचारले नागरिक सन्तुष्ट

मूलखबर संवाददाता
बारा, २३ असार ।

मधेश प्रदेशको बारा जिल्ला अन्तरगत रहेको जितपुरसिमरा उपमहानगरपालिकामा पालिकाले चलाएको निशुल्क स्वास्थ्य शिविरबाट नागरिकहरु लाभान्वीत भएका छन् । उपमहानगरपालिकाद्वारा सञ्चालन गरिएको निशुल्क दन्त शिवीर, आँखा शिविर, प्रजनन स्वास्थ्य शिवीर, जनरल मेडिसिन शिविर आदिबाट स्वास्थ्य सेवा प्राप्त गरेपछि नागरिकहरु सन्तुष्ट बनेका छन् ।

उपमहानगरपालिका प्रमूख मेयर राजन पौडेलले नागरिरको स्वास्थ्यलाई ध्यान दिँदै विभिन्न अस्पतालहरूसँग सहकार्य गरी वडास्तरमा निशुल्क स्वास्थ्य शिविरहरु आयोजना गरिएको बताए । उनले सबै वडामा क्रमशः यस्ता शिविरहरु सञ्चालन गरि नागरिकलाई स्वस्थ राख्ने अभियान पालिकाले सञ्चालन गरेको बताए ।

वडा नं १८ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र उचिडिमा ओम् शान्ति डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा निःशुल्क दाँत सम्बन्धि शिविर सञ्चालन भएकोछ।

मोतियाबिन्दु भएकालाई दृष्टि दान

वडा नं १२ फत्तेपुर स्वास्थ्य चौकीमा किरण आँखा अस्पताल को प्राविाधिक सहयोगमा १२४ जनाको मोतियाबिन्दुको अप्रेसन गरिएकोछ। वडा नं १२ फत्तेपुर स्वास्थ्य चौकीमा पनि निःशुल्क आँखा शिविर सञ्चालन भएको छ, जसमा ५० जनाको जाँच गरिएको थियो जसमध्ये १५ जनालाई मोतियाबिन्दु रोग रहेको थियो।

आधारभूत स्वास्थ्य सेवा केन्द्र बजनीमा प्रजनन स्वास्थ्य रूग्नता  स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाठेघररआङ्ग खस्ने, फिस्टुलाको स्क्रिनिङ तथा व्यवस्थापन सम्बन्धि शिविर सम्पन्न भएको छ। शिविरमा ९० जना महिलाको पाठेघरको मुखको क्यानसरको जाँच (VIA) गरियो जसमध्ये ५ जनामा positive result  देखियो। पाठेघररआङ्ग खस्ने समस्याको लागि राखिएको, अन्यको ring pessary राखिएको, अन्यको PID, vaginal candidiasis इत्यादिको उपचार गरिएको थियो। गाइनेकोलोजिस्ट कन्सलटेन्ट डा मंजु राय लगायत स्वास्थ्यकर्मीको टिमले शिवीर स्वास्थ्य परिक्षण गरेको थियो ।

नेपाल आँखा अस्पताल को प्राविाधिक सहयोगमा औराहामा सञ्चालन भएको ३ दिने मोतियाबिन्दुको निःशुल्क अप्रेसन शिविरमा जम्मा ८२ जनाको शल्यक्रिया भएकोछ।

विद्यालय स्वास्थ्य कार्यक्रम अन्तरगत विभिन्न विद्यालयका छात्र-छात्राहरूको सहभागितामा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखिकरण सम्पन्न भयो।