डुबानमा परेको सुकुम्बासी बस्तीमा अखिल क्रान्तिकारीले गर्याे उद्वार

मूलखबर संवाददाता
काठमाडौं, २२ असार

बाढीबाट डुबानमा परेको थापाथली स्थित सुकुम्बासी बस्तीमा माओवादी केन्द्र निकटअखिल क्रान्तिकारीले उद्वार गरेकोे छ । शनिबार विहानदेखि परेको अविरल वर्षाले हनुमन्ते खाेला र बागमती नदीमा आएको बाढीले सुकुम्बासी बस्ती जलमग्न बनेपछि त्यहाँका नागरिकको बिचल्ली भएको थियाे । क्रान्तिकारीका उपाध्यक्ष इन्द्र भुषालकाे नेतृत्वको टाेलीले उद्वारमा भुमिका खेलेकाे हाे ।

विद्यार्थी टाेलीले डुबानमा परेको बस्ती र घरबाट बालबालिका र वृद्वाहरूकाे उद्वार गर्नुका साथै लत्ताकपडा र सामानहरू सुरक्षित स्थानमा सारेका थिए । त्यसैगरी उनिहरूले घर भित्र जमेकाे पानी फालेर घरमा बस्न मिल्ने बनाएका थिए ।