भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई जना वेपत्ता, १० घाइते

मूलखबर संवाददाता
काठमाडौं, २१ असार

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई जना कामदार पुरिएका छन् ।

आयाेजनाकाे बाँधतर्फ पानी जाने पट्टीको ढलान एक्कासी खस्दा बर्दियाका रामदिन थारू र सुमन थारू पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईले जानकारी दिए। उनीहरूको खोजी कार्य भइरहेको छ ।

उक्त घटनामा घाइते हुनेमा बर्दियाका लहानु थारू र दुर्गा चौधरी, दोलखाको कालिञ्चोकका आइतबहादुर थामी, विजय थामी, गोपाल थामी, दीपक थामी, आइतमान थामी, पदमबहादुर थामी र रामचन्द्र रिमाल तथा रोल्पाका सासन रोकामगर रहेका छन्। नीजहरुलाई प्राथमिक उपचारपछि बाह्रबीसे अस्पताल पठाइएको छ ।