विपदमा आफ्नो जिम्मेवारी नभुल्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्री प्रचण्डकाे निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा उतारचढाव भइरहने भएपनि सरकार र राज्यका निकायले आफ्नो जिम्मेवारी भुल्न नहुने बताउनुभएको छ ।
सिंहदरबारमा शुक्रबार सुरक्षाप्रमूखसंगको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो – “राजनीतिमा उतारचढाव भइरहन्छ। तर, सरकार र राज्यका निकायहरूले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन।
उहाँले नेपाल यसै पनि विपदका दृष्टिले उच्च जोखिमयुक्त देश भएको र त्यसमाथि यस वर्ष मौसम आक्रमक हुने पूर्वानुमान भएकोले व्यवस्थित पूर्वतयारी गर्न सुरक्षा प्रमुखहरूलाई निर्दशन दिनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे- विपद् व्यवस्थापनमा हामीसँग पैसा पनि छ। तर, कार्यविधिको झण्झटले पैसा परिचालन गर्न नसकेको कुरा बोध गर्दै यसलाई सहज परिचालन गर्न सकिने गरी परिमार्जन गरौं।
उहाँले राज्यका सबै निकायहरूको सम्पूर्ण ध्यान पूर्वतयारी र जोखिम न्यूनिकरणमा केन्द्रित गर्न आग्रह गर्नुभयाे ।