यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
२३ प्रतिशतले बढ्याे पर्यटक आगमन. मूलखबर संवाददाता काठमाडौं, २१ असार यो वर्ष पर्यटक आगमन झन्डै २३ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को छ महिनामा पाँच लाख ८३ हजार १६ जना पर्यटक नेपाल भित्रिएका थिए ।. बोर्डको निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०२४ को छ महिनामा चार लाख ७६ हजार ४८१ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्षको छ महिनाको तथ्याङ्क हेर्दा एक लाख छ हजारको हाराहारीमा पर्यटक बढेका देखिन्छन् ।. उनका अनुसार सन् २०१९ को तुलनामा यो वर्ष दुई प्रतिशतले पर्यटक आगमन बढेको छ । सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ जना विदेशी पर्यटक नेपाल आएकामा यो वर्षको सोही अवधिमा ७६ हजार ७३६ पर्यटक नेपाल आएका छन् ।. निर्देशक लामिछानेले पछिल्लो समय पर्यटक आगमन दर बढ्दै गइरहे पनि आगामी आव २०८२/८३ मा १६ लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा हुन सन् २०१९ को तुलनमा ३३ प्रतिशतले पर्यटक भित्रिनुपर्ने जानकारी दिए।.
२३ प्रतिशतले बढ्याे पर्यटक आगमन
मूलखबर संवाददाता
काठमाडौं, २१ असार
यो वर्ष पर्यटक आगमन झन्डै २३ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को छ महिनामा पाँच लाख ८३ हजार १६ जना पर्यटक नेपाल भित्रिएका थिए ।
बोर्डको निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०२४ को छ महिनामा चार लाख ७६ हजार ४८१ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्षको छ महिनाको तथ्याङ्क हेर्दा एक लाख छ हजारको हाराहारीमा पर्यटक बढेका देखिन्छन् ।
उनका अनुसार सन् २०१९ को तुलनामा यो वर्ष दुई प्रतिशतले पर्यटक आगमन बढेको छ । सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ जना विदेशी पर्यटक नेपाल आएकामा यो वर्षको सोही अवधिमा ७६ हजार ७३६ पर्यटक नेपाल आएका छन् ।
निर्देशक लामिछानेले पछिल्लो समय पर्यटक आगमन दर बढ्दै गइरहे पनि आगामी आव २०८२/८३ मा १६ लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा हुन सन् २०१९ को तुलनमा ३३ प्रतिशतले पर्यटक भित्रिनुपर्ने जानकारी दिए।