यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
काठमाडौँ–तराई द्रुतमार्ग सडक आयोजनाको लेनडाँडा सुरुङमार्ग ‘ब्रेक थ्रू’. मूलखबर संवाददाता काठमाडौं नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङ ‘ब्रेक थ्रू’ भएको छ ।. प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १ हजार ६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग छिचोलिएको नेपाली सेनाले जनाएको छ ।. प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट सुरुङमार्ग छिचोल्ने कार्यक्रमको अवलोकन गरेका छन् । सो अवसरमा प्रधान सेनापति शर्माले तोकिएको समयमा नै सुरुङमार्गहरु छिचोलिने क्रम रहेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले सरकारबाट नेपाली सेनालाई जिम्मेवारी दिइएको फास्ट ट्रयाक राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।. यस्तै, गत जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १ किलोमिटर ६३३ मिटर लम्बाइको सुरुङमार्ग र गत जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १ किलोमिटर ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्गहरु छिचोलिएको थियो ।.
काठमाडौँ–तराई द्रुतमार्ग सडक आयोजनाको लेनडाँडा सुरुङमार्ग ‘ब्रेक थ्रू’
मूलखबर संवाददाता
काठमाडौं
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङ ‘ब्रेक थ्रू’ भएको छ ।
प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १ हजार ६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग छिचोलिएको नेपाली सेनाले जनाएको छ ।
प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट सुरुङमार्ग छिचोल्ने कार्यक्रमको अवलोकन गरेका छन् । सो अवसरमा प्रधान सेनापति शर्माले तोकिएको समयमा नै सुरुङमार्गहरु छिचोलिने क्रम रहेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले सरकारबाट नेपाली सेनालाई जिम्मेवारी दिइएको फास्ट ट्रयाक राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।
यस्तै, गत जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १ किलोमिटर ६३३ मिटर लम्बाइको सुरुङमार्ग र गत जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १ किलोमिटर ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्गहरु छिचोलिएको थियो ।