प्रधानमन्त्री प्रचण्डलाई एमालेले लिएको ९ वटा मन्त्रालयकाे जिम्मेवारी

मूलखबर संवाददाता
काठमाडौं, २० असार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई थप ८ वटा मन्त्रालयकाे जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई एमालेले छाडेको ९ वटा मन्त्रालयको कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

मन्त्रिपरिषद्का कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सम्हालेका ९ मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले लिनुभएकाे हाे ।