रास्वपाका मन्त्रीहरूले राजिनामा नदिने, सरकार नछाड्ने

मूलखबर संवाददाता
काठमाडौं, २० असार

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा नदिने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका हुन् ।

राजीनामा दिने याेजनाका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका हुन् ।