टप टेन +२ काे अग्रपंक्तिमा पिनाकल एकेडेमी, उत्कृष्ट विद्यार्थीकाे राेजाईमा

मूलखबर संवाददाता
काठमाडौं, १८ असार

एसईईकाे नतिजा सार्वजनिक भएसँगै उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीहरू शिक्षण संस्था खाेजिरहेका छन् । विद्यार्थीहरूलाई विभिन्न नारा र आश्वासन दिएर कलेजहरूले प्रचार पनि गरिरहेका छन् ।

अढाई दशक लामो शैक्षिक इतिहास भएको पिनाकल एकेडेमी  शैक्षिक संस्थाहरूकाे भिडमा रहेको एक कलेज हाे तर याे कलेज अरूजस्ताे प्रचार मात्रै गर्ने र झुठाे आश्वासन बाँड्ने कलेज हाेइन ।

याे कलेज उत्कृष्ट कलेजहरूमध्ये टप टेनमा पर्ने कलेज हाे । याे कलेज +२ कलेजमध्ये चाैंथाे नम्बरमा रहेकाे छ ।

ललितपुरको लगनखेलमा अवस्थित पिनाकलमा विद्यालय तहदेखि स्नातकसम्म विभिन्न शैक्षिक कार्यक्रम सञ्चालित छन् । यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकायको पठनपाठन गराउँदै हुँदै आएकाे छ ।

गुणस्तरीय शिक्षालाई मुल जडका रुपमा लिएको पिनाकल एकेडेमी, देशैभरकाे एक अग्रणी शैक्षिक संस्थाका रुपमा पृथक पहिचान बनाउन सफल छ । अनुशासित शैक्षिक वातावरण भएकाले नै यहाँ अध्ययन गरेका विद्यार्थी अब्बल सावित भएका छन् ।

विज्ञान संकायमा प्रयोगात्मक अभ्यास बाहेक व्यवस्थापन विषयमा विजनेश म्यानेजमेन्ट लिने विद्यार्थीलाई डेभलपमेन्ट ट्रेनिङ, होटल म्यानेजमेन्टका विद्यार्थीका लागि होटल ट्रेनिङ, कम्प्युटर म्यानेजमेन्टमा आईटीसँग सम्बन्धित कोर्षहरु गराइरहेका छन् ।

त्यस्तै, कानूनका विद्यार्थीलाई मुटकोर्ट तालिम र ल फर्ममा अभ्यासको व्यवस्था गरिएको छ । पत्रकारिताका विद्यार्थीका लागि सञ्चार गृहमा इन्टर्नसिपको व्यवस्था गरिएको छ ।

त्यस्तै, सीपमूलक शिक्षा दिने उद्देश्यले सिटिइभिटीको सम्बन्धनमा डिप्लोमा इन फार्मेसीको कोर्स पनि गराइरहेको छ ।

गतिशिल व्यवस्थापन, सिर्जनशिल शिक्षक समूह, प्रयोगात्मक सिकाई विधि, पुग्दो शैक्षिक स्रोत पिनाकलको सफलताको कुन्जी हुन् ।

पिनाकलमा आखिर त्यस्तो के छ ?

यसको दुई वटा जवाफ छ– एउटा, फराकिलो शैक्षिक कार्यक्रम । अर्को, परिणाममुखी पठन प्रणाली । यसैले त पिनाकल कलेज हरेक संकायमा उत्तिकै उत्कृष्ट नतिजा हासिल गर्न सक्षम छ । त्यो पनि हरेक वर्ष ।

विद्यार्थीको पढाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? पढेका कुरा कसरी जीवनोपयोगी बनाउन सकिन्छ ? सोही अनुरुप पिनाकलले सम्बन्धित विषयमा शैक्षिक गतिविधिहरु गरिरहेका छन् ।

यस एकेडेमीबाट पढेका विद्यार्थीहरूका अनुसार कलेजकाे शैक्षिक मात्रै हाेईन हरेक वातावरण शिक्षामैत्री र विद्यार्थी मैत्री रहेका छन् ।