नुनको मुल्य ३ रुपैयाँ बढ्यो

मूलखबर संवाददाता
काठमाडौं, १८ असार ।

भान्सामा नभई नहुने नुनको मुल्य बढेको छ । नुनको आधिकारीक आयातकर्ता र विक्रेता साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको हो। कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको मुल्य आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।

समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको मूल्य २३ बाट बढेर २६ पुगेको छ।

न्यू शक्ति नून एक किलोको १७ रहेकामा बढेर २० कायम भएको छ। यस्तै भानू नून एक किलोको मूल्य नौ तोकिएको छ।