नयाँ समिकरणमाथि मेयर बालेनले गरे निन्दा, सर्वसाधारणको लाखौं लाइक, कमेन्ट र शेयर

मूलखबर संवाददाता
काठमाडौं, १८ असार ।

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नेपाली कांग्रैस र एमालेबीच भएको भनिएको सत्ता गठबन्धनको सहमतिको कडा शव्दमा निन्दा गरेका छन् ।

कांग्रैस र एमालेबीच सत्ता गठबन्धन गर्ने र दुई तिहाई मतले संविधान शंसोधन गरी संघियता र समानुपातिकता, समावेशीतालाई उल्ट्याउने लगायतका सहमति गरेको कुरा सर्वजनीक भएपछि मेयर बालेनले शेरबहादुर देउवा र केपी ओलीको तस्वीर राखेर गिरीबन्धु चियाको भ्रष्टाचारको फाइल खोल्न लागेकोले एक ठाउँमा आएको भन्दै व्यंग गरेका छन् ।

उनले लेखेका छन्, -‘यो समय गिरीबन्धु चियाको हो, काले काले मिलेर खाउँ भाले ।’ उनको फेसबुकमा सार्वजनीक भएको सो स्टाटसमा २५ हजारले शेयर गरेका छन् भने ३८ हजारले कमेन्ट गरेका छन् भने २ लाख ८५ हजारले लाइक गरेका छन् ।