एमाले सचिवालयले के गर्याे ३ बुँदे निर्णय ?

मूलखबर संवाददाता
काठमाडौं, १८ असार २०८१

सत्तारूढ दलकाे एक घटक नेकपा एमालेकाे सचिवालय बैठकले केपी ओेलीकाे नेतृत्वमा राष्ट्रिय सहमतिकाे सरकार बनाउने निर्णय गरेको छ ।

पार्टी मुख्यालय च्यासलमा आज सम्पन्न आकस्मिक सचिवालय बैठकले कांग्रेस एमालेबीच भएको भनिएको सहमति अनुमाेदन गर्ने निर्णय पनि गरेको छ ।

एमाले सचिवालय बैठकको निर्णय:
१) एमाले र काँग्रेसबीच नयाँ सरकार निर्माणका लागि भएको सहमतिको अनुमोदन,
२) नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन अन्य दललाई आह्वान,
३) राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भोलिसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई आह्वान ।