मध्यरातमा भयाे कांग्रेस एमालेबीच सत्ता उल्ट्याउने सहमति, यस्तो छ सहमतिकाे ड्राफ्ट

मूलखबर संवाददाता
काठमाडौं,

अन्तत : संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सहमति बनेकाे छ । दुबै दल मिलेर नयाँ सरकार बनाउने सहमतिमा पुगेका छन् ।  साेमबार मध्यरातमा भएको छ ।

एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाले सहमतिमा हस्ताक्षर गरेपछि मध्यरातमा राष्ट्रपतिनिवास पुगेर सत्ता परिवर्तनको जानकारी दिइएको बताइएको छ ।

दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति ललितपुरको एक होटलमा भएकाे र दुई दलका दोस्रो तहका नेताहरुले राति नै लिखित सहमतिको मस्यौदा पनि तयार गरेका थिए।

सहमतिमा सरकार परिवर्तनदेखि परिवर्तनको एजेन्डा उल्ट्याउनेसम्मकाे विषय छ ।

दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको स्राेतले जानकारी दिएकाे छ ।

एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएकाे पनि जानकारी स्रातले दिएकाे छ ।

एमाले -कांग्रेसबीचको सहमतिका मुख्य बुदा :

-एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने ।
-अर्थ एमालेले गृह नेपाली कांग्रेसले राख्ने ।
-एमाले (कोशी,लुम्बिनी, कर्णाली) र (कांग्रेसले बाग्मती, गण्डकी र सुदुरपश्चिम ) प्रदेशमा सरकारको नेतृत्व गर्ने ।
-मधेष प्रदेश,मधेसी दललाई दिने ।
-निर्वाचन प्रणाली संशोधन गर्ने सहमति ।
-पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बन्ने ।