प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

मूलखबर संवाददाता
काठमाडौं, १७ असार २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता घटकप्रमुखदल नेकपा एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेट वार्ता भएको छ ।

दुई नेताबीच आइतबार मात्र प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कुराकानी भएको थियो । प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहालले दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको जानकारी दिएकी छिन् । सत्ता फेरबदलको चर्चा चलिरहँदा दुई नेताबीच कुराकानी भएको हो । पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यका विषयमा संवाद भइरहेको छ ।