हेटौंडा एकेडेमी रेसिडेन्टल स्कुल उत्कृष्ट, एसईईमा ल्यायाे यस्तो नतिजा

मूलखबर संवाददाता
हेटौंडा, १५ असार

हेटौंडा एकेडमी रेसिडेन्टल सेकेन्डरी स्कुल हेटौंडाकै उत्कृष्ट स्कुलहरु मध्ये पर्दछ। समग्र हेटौंडाभरिकै स्कुलहरु मध्ये यसपटककाे एसईई परिक्षामा पनि सम्पुर्ण विद्यार्थीहरु राम्रो नजिता ल्याउन सफल भयका छ्न।

यस स्कुलका ७ जनाले ए प्लस A+ र १९ जनाले A ल्याउन सफल भएका छन् भने बाँकी सबैले B+ ल्याउन सफल भएका छ्न्। यस विद्यालय पढाईमा मात्र नभयर अतिरिक्त क्रियाकलापहरुमा पनि अग्रसर रहँदै आएकाे छ । अतिरिक्त क्रियाकलापमा पनि हेटौंडा एकेडमी हेटौंडाकै सबैभन्दा उत्कृष्ट स्कुल हो।

यस्तै विद्यार्थीहरुलाई राम्रो होस् भनेर हेटौंडा एकेडमीले असार १५ गतेको दिन नेपाली सेनासँगको सहकार्यमा (Nepal Army National Cadet Corps) ट्रेनिङको आयोजना गरेको थियाे।

त्यस्तै अतिरिक्त कार्यक्रमहरु जनचेतनामुलक कार्यक्रमहरु खेलकुदहरु लगायत सन्चालन गर्दै आइरहेको छ। स्कुलका प्रमुख अरुणराज सुमार्गी भन्नुहुन्छ- हामी विद्यार्थीलाई पढाइमा मात्र होइन जिन्दगी जिउनको लागि पनि बाटो देखाउने काम गर्दछौँ। हो सबै स्कुलहरुले यस्तै प्रक्रिया बाट सिक्ने सिकाउने गर्नुभयो भने पछि गयर विद्यार्थीहरुले जिउन सक्ने आधार बन्ने थियो।