एलआरआई स्कुलका ८२ प्रतिशत विद्यार्थीले ल्याए ए प्लस, बाँकीको ए

मूलखबर संवाददाता
काठमाडौं, १४ असार ।

काठमाडौंको कलंकीमा रहेको एलआरआई विद्यालयबाट २०८० सालको एसइइ परीक्षामा अधिकांश विद्यार्थीले ए प्लस ग्रेड ल्याउन सफल भएका छन् ।
संस्थागत विद्यालयमध्ये अब्बल र तुलनात्मक रुपमा सस्तो मानिने एलआरआई विद्यालयमा एसइइ दिएका २ सय ६ जना विद्यार्थीमध्ये १ सय ६७ जना विद्यार्थीले ए प्लस ग्रेड ल्याएका छन् भने बाँकी विद्यार्थीहरुले ए ग्रेड ल्याएका छन् ।

हिजो सार्वजनीक भएको नतीजामा देशभरबाट जम्मा ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण भएको कुरा सावर्जनीक भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा मा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १ सय ८६ जनाले ४ जीपीए ल्याएका छन् ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।