कक्षा ११ मा पढ्ने विद्यार्थीलाई काठमाडौं महनगरपालिकाले छात्रवृत्ति दिने, खुल्यो आवेदन

मूलखबर संवाददाता
काठमाडौं, १४ असार ।

एसइइको नतीजा प्रकाशन भएसँगै विद्यार्थीहरुले उच्च शिक्ष कता पढ्ने भन्ने बारे जानकारी र धारणा मागिरहेका देखिन्छन् । धेरैजसो सामुदायीक विद्यालयका विद्याथीृहरु आर्थिक संकटक कारण उच्च शिक्षा पढ्न कठिन अवस्था सिर्जना हुने गरेको पनि छ ।
काठमाडौँ महानगरपालिकाले गत वर्ष जस्तै यस वर्ष पनि कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।

काठमाठौँ महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दैै संस्थागत शिक्षण संस्था ९निजी कलेज०मा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि अनलाइन आवेदन आह्वान गरेको हो।

गत वर्ष पनि काठमाडौँ महानगरपालिकाले काठमाडौँका निजी कलेजमा झण्डै ४ हजार जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो। शिक्षा नियमावलीमा निजी विद्यालयहरुले १० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनु पर्ने व्यवस्था छ।

यस वर्ष पनि महानगरपालिकाले निजी विद्यालयले प्रदान गर्ने १० प्रतिशत विद्यार्थीको छनोट आफैँले गर्न लागेको हो।

यस वर्ष महानगरपालिकाको छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीले असार १५ गते (शनिबार) बिहान १० बजेदेखि असार २९ गते राति ११ः५९ बजेसम्म अनलाइन आवेदन दिन सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ। परीक्षा भने आगामी साउन ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म हुने छ।

विद्यालयगत छात्रवृत्तिको कोटा विवरण र परीक्षा केन्द्रसम्बन्धी अन्य विवरण पछि प्रकाशित गरिने महानगरपालिकाले जनाएको छ।

छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई परीक्षाको नतिजा प्रकाशित नभइ कलेजमा भर्ना नहुन पनि महानगरले अनुरोध गरेको छ।