सरकार पुँजीबजारप्रति सम्वेदनशील र सकारात्मक छ : अर्थमन्त्री पुन

मूलखबर संवाददाता
काठमाडौं, १० असार ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकार पुँजीबजारप्रति सम्वेदनशील र सकारात्मक रहेको बताएका छन् । आगामी आर्थिक वर्ष ८१/८२ का लागि अर्थ मन्त्रालयको वार्षिक कार्यक्रमबारे प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री पुनले सो जानकारी दिएका हुन् । उनले पुँजीबजार अर्थतन्त्रको ऐना भएको बताउँदै त्यसको लागि केही खुकुलो मौद्रीक नीति ल्याइने बताए ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री पुनले अर्थमन्त्रीले २ खरब अबण्डा बजेट राखेको भन्ने कुरा निराधार भएको र ४८ अरब मात्रै अबण्डा बजेट राखिएको बताएका थिए ।

सांसदहरुले २ अर्ब सम्म अबण्डामा राखिएको भनेर प्रश्न गरेका थिए । जवाफमा अर्थमन्त्री पुनले अर्थ मन्त्रालयले अबण्डामा ठूलो रकम राखेको भन्ने सांसदहरुका प्रश्नको खण्डन गरेका हुन । अर्थ मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा ४८ अर्ब ६१ करोड मात्र विनियोजन गरिएको पनि उनले बताएका छन ।

उनले वित्तीय हस्तान्तरणअन्तर्गत वित्तीय समानीकरण अनुदानतर्फ १ खर्ब ४८ अर्ब, समपुरक अनुदानतर्फ १३ अर्ब २० करोड र विशेष अनुदान तर्फ १२ अर्ब ९० करोड गरी १ खर्ब ७४ अर्ब बढी रकम प्रदेश र स्थानीय तहमार्फत खर्च हुने रकम भएको जानकारी गराएका छन ।

उनले भने, ‘अर्थ मन्त्रालयले अवण्डामा ठूलो रकम राखेको भन्ने विषयमा अर्थ मन्त्रालयलाई विनियोजन गरिएको जम्मा ४८ अर्ब ६१ करोड मात्र हो ।

बाँकी बजेट वित्तीय हस्तान्तरणअन्तर्गत वित्तीय समानीकरण अनुदानतर्फ १ खर्ब ४८ अर्ब, समपुरक अनुदानतर्फ १३ अर्ब २० करोड र विशेष अनुदानतर्फ १२ अर्ब ९० करोड गरी १ खर्ब ७४ अर्बभन्दा बढी रकम प्रदेश र स्थानीय तहमार्फत खर्च हुने रकम भएको जानकारी सम्मानित संसदमा गराउन चाहन्छु,’ ।