बाल यौन दुराचार मुद्धामा रामबहादुर बम्जन दोषी ठहर, १७ गते सजाया तोकिने

मूलखबर संवाददाता
काठमाडौं, १० असार ।

अन्तत : रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् । आफूलाई तपश्वी दाबी गर्ने बम्जनलाई जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार दोषी ठहर गरेको हो । उनलाई कति सजाया हुने भन्ने विषयमा अब १७ असारमा सजाय निर्धारण हुने बताइएको छ ।

रामबहादुरसँगै तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङ पनि दोषी ठहरिएका छन् । ज्ञानकुमार र जितबहादुरलाई मतियारको रुपमा सजाय मागदाबी गर्दै अदालतमा अभियोग पत्र पेश भएको थियो ।

बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई २०७६ सालदेखि नै खोजी गरिरहेपनि २०८० सालमा मात्रै उनी पक्राउ परेका थिए । सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।