
बुद्धिजीवी संगठनकाे ९९ सदस्यीय केन्द्रीय समिति चयन, अध्यक्षमा केसी, महासचिवमा पण्डित
नेपाल वुद्धिजीवी सङ्गठनकाे छैटौं राष्ट्रिय सम्मेलनले कृष्ण केसीकाे अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति निर्विरोध चयन गरेको छ । सम्मेलनबाट लक्ष्मीप्रसाद पण्डित केन्द्रीय महासचिवमा चयन भएका छन् ।
सम्मेलनबाट बरिस्ठ उपाध्यक्ष निलकण्ठ तिवारी चयन भएका छन् । त्यसैगरी उपाध्यक्षहरूमा उपाध्यक्ष : प्रा.डा.शिवकुमार राई, रामकुमार यादव, कल्पना शर्मा , कौशिल्या ओझा, जीतबहादुर राना, दुर्गादत्त शर्मा, रमेश गुरागाँईं, कृष्ण कोपीला चयन भएका छन् ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का श्रद्धेय अध्यक्ष कमरेड पुष्पकमल दाहाल “प्रचण्ड’द्वारा असार ७ गते उद्घाटान भएको सम्ममेलनकाे समापन महासचिव देव गुरूङले गरेका थिए ।
सम्मेलनबाट ७ जना सचिवमा चयन भएका छन् । भने भिमा ढुंगाना काेषाध्यक्षमा चयन भएकी छिन् ।
सम्मेलनकाे उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रका पार्टी सचिव दिनानाथ शर्मा, सङ्गठनका फ्राक्सन ईन्चार्ज खिमलाल देवकोटा, सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनबाट निर्वाचित पूर्व अध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य माननिय शुरेस आलेमगर, पूर्व अध्यक्ष नरेश भण्डारी, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कूलचन्द्र आचार्यले सम्मेलनको सफलताको लागि शुभकामना मन्त्यब्य ब्यक्त गरेका थिए । दोस्रो दिन बन्दसत्रमा पार्टीका महासचिव क.देवप्रसाद गुरुङ्ग, उपमहासचिव तथा संगठन विभाग प्रमुख क.जनार्दन शर्मा (प्रभाकर) ले वुद्धिजीवीको दायीत्व र भूमीकावारे निर्देशनात्मक मन्त्यब्य साथै शुभकामना दिएका थिए ।
सम्मेलनमा अध्यक्ष मण्डलका अध्यक्ष क नरेश भण्डारी, केन्द्रीय निर्वाचन आयोगका सदस्य बरिष्ठ अधिबक्ता बासुदेब सिग्देल, सङ्गठनका निर्वाचन आयोगका प्रमुख बरिष्ठ अधिबक्ता उपेन्द्र पौडेल सहितको समितिले कार्यसमिति चयनकाे निर्वाचन प्रक्रिया पूरा गरेका थिए ।
आइतबार भएको घाेषणा सभामा पार्टीका महासचिव देवप्रसाद गुरुङ्गले नव निर्वाचीत सम्पूर्ण समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु, सम्पूर्ण वुद्धिजीवी प्रतिनिधी कमरेडहरु तथा ३ वटा आयोगका प्रमुखहरुलाई प्रशिक्षणमूलक मन्त्यब्य सहित बधाई दिएका थिए । नवनिर्वाचीत अध्यक्ष कृष्णराज के.सी बाट समितिको तर्फबाट आफना बौद्धिक कार्यभारप्रति प्रतिबद्धता व्यक्त गरेका जिए ।
सम्मेलनलाई सभ्य र भब्यरुपमा सम्पन्न गर्न अमुल्य सहयोग गर्नुहुने प्रमुखअतिथि,अतिथिहरु र मेची देखी महाकालीबाट आउनुभएका सम्पूर्ण वुद्धिजीवी प्रतिनिधी लाई नवनिर्वाचित महासचिव पण्डितले धन्यवाद दिएका छन् ।
नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरु
अध्यक्ष: कृष्णराज के.सी.
बरिष्ठ उपाध्यक्ष : निलकण्ठ तिवारी
उपाध्यक्ष : प्रा.डा.शिवकुमार राई
उपाध्यक्ष : रामकुमार यादव
उपाध्यक्ष : कल्पना शर्मा
उपाध्यक्ष : कौशिल्या ओझा
उपाध्यक्ष : जीतबहादुर राना
उपाध्यक्ष : दुर्गादत्त शर्मा
उपाध्यक्ष : रमेश गुरागाँईं
उपाध्यक्ष : कृष्ण कोपीला
महासचिव : लक्ष्मीप्रसाद पण्डित
सचिव : जंगराज गिरि
सचिव : दुर्गादत्त भण्डारी
सचिव : एकनारायण काफले
सचिव : हरिहर न्यौपाने
सचिव : कूलशेखर शर्मा
सचिव : राधिका ओझा
सचिव : भरत गौतम
कोषाध्यक्ष : भिमा ढुंगाना
