
संसदमा अमुक संस्था र हिन्दु राष्ट्रकाे कुरा नगर्न सांसद राईकाे चेतावनी
प्रतिनिधिसभा सदस्य दुर्गा राइले अमुक संस्था र हिन्दु राष्ट्रकाे कुरा नगर्न सांसदहरूलाई चेतावनी दिएकी छिन् ।
प्रतिनिधिसभाकाे मंगलबारकाे बैठकमा शून्य समयमा बाेल्दै माओवादी केन्द्रकी सांसद राईले वलिदानकाे जगमा बनेकाे संविधानकाे भावना विपरित जनताद्वारा विदा गरिएका अमुक संस्था र एकल हिन्दु धर्म हुनुपर्छ भनेर जवरजस्त बहस गर्न नहुने बताइन् ।
उनलेे अमुक संस्था भनेर राजतन्त्रलाई इंगित गरेकी थिइन् ।
नेपालमा १४२ जातजाति र १२४ भाषाभाषी र ११० धार्मिक सम्प्रदाय रहेकाे उल्लेख गर्दै राईले <span;>अमुक संस्था र हिन्दु धर्मकाे कुरा गरेर एकताको मनाेविज्ञानलाई विभाजित गर्न खाेजेकाे भन्दै आपत्ति जनाइन् ।
उनलेे संसदमा अभिव्यक्ति दिने सांसदहरू संविधानकाे परिधिभित्र रहनुपर्ने बताइन् । उनले भनिन् – संविधानकाे भावना विपरीत कुरा गर्नु जनभावना र संविधानकाे धज्जी उडाउनु हाे ।
