९ महिनामा कति बाहिरियो विदेशी मुद्रा ?

मूलखबर संवाददाता
काठमाडौं, ३१ जेठ २०८१

राष्ट्र बैंकले विदेशी मुद्राको संचिति बढिरहेको प्रतिवेदन दिइरहेको बेला चालु आर्थिक वर्षको ९ महिना ९साउनदेखि चैतसम्म० मा वैदेशिक अध्ययनमा ९५ अर्ब ८५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको खबर प्राप्त भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम साढे ४२ प्रतिशतले बढेको राष्ट्र बैंकको गत चैतको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको ९ महिनामा यो शीर्षकमा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको थियो ।

पछिल्ला वर्षमा वैदेशिक अध्ययनका लागि नेपालबाट विद्यार्थीसँगै बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको जानकार बताउँछन् । यसको सकारात्मक असर रेमिट्यान्स आप्रवाहमा पनि परेको उनीहरूको भनाइ छ ।

गत आर्थिक वर्षमा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ४८ प्रतिशतले बढी हो । आर्थिक वर्ष ०७८र७९ मा विदेशमा अध्ययनकै लागि ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । आर्थिक वर्ष ०७५/७६ मा वैदेशिक अध्ययनका लागि ४६ अर्ब ३२ करोड र आर्थिक वर्ष ०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको तथ्यांक छ ।

चालु आर्थिक वर्षका आठ महिना (गत साउन देखि फागुनसम्म) ९० हजार १ सय ६९ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमति ९नो अब्जेक्सन लेटर (एनओसी) लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ । गत आर्थिक वर्षमा १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले एनओसी लिएका थिए । आर्थिक वर्ष ०७८/७९ मा १ लाख १२ हजार ९ सय ६८ जनाले विदेश पढ्न जान अनुमति लिएका थिए । यो एनओसी लिएकाको मात्र संख्या हो ।