
राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश
राष्ट्रिय सभामा राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन पेश भएको छ ।
मङ्गलबार बसेको सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन, २०७९/८०, सभामा पेश गर्नुभएको छ ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डको तर्फबाट नै सञ्चारमन्त्री शर्माले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०७९/८० पेश गर्नुभयो ।
