
श्रमाधान मेला छ प्रदेशमा सम्पन्न हुँदै, अब राजधानीतिर
कोशी प्रदेशको विराटनगरबाट जेठ १७ गते शुरु भएको श्रमाधान मेला सुदुरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा पुगेको छ ।
१९ गते मधेश प्रदेशको जनकपुर, २१ गते गण्डकी प्रदेशको पोखरा, २३ मा लुम्बिनी प्रदेशको बुटबल, सुर्खेत हुँदै धनगढी पुगेको हाे । श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा शुरु भएको मेला हरेक प्रदेशमा दुई दिन चल्ने गरि तय गरिएको छ । धनगढीबाट केन्द्रीय राजधानीकाे ललितपुरकाे पाटनमा श्रमाधान मेला चलाउने मन्त्रालयले जनाएको छ ।
रोजगार मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउने विश्वास लिइएको छ । मेलामा बेरोजगार युवाको ज्ञान, सिप, क्षमताका आधारमा विवरण सङ्कलन पनि गरिने छ ।
