
विराटनगरमा सरकारी गाडी माथी आगजनी
शुल्कवृद्धिको विरोधमा आन्दोलनमा रहेका विद्यार्थीले विराटनगरमा एउटा सरकारी गाडीमा आइतबार आगजनी गरेका छन् । विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसनजिक कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका हुन् ।
मोरङको रङ्गेलीमा गत शुक्रबार संस्थागत विद्यालयले गरेको शुल्कवृद्धिको विरोधमा आन्दोलन गर्दा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।
विद्यार्थीलाई रिहाइ गर्न माग गर्दै विराटनगरको रोडशेष चोकमा चक्काजाम गर्न हिंडेका विद्यार्थीले गाडीमा आगजनी गरेको प्रहरीको भनाइ छ । आगजनीबाट प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्कार्पियो गाडीमा क्षति पुगेको छ ।
