निन्द्रा लाग्दैन ? यसो गर्नुस्

मूलखबर संवाददाता
काठमाडौं, २७ जेठ

निद्रा मानिसको स्वस्थ जिवनको लागि अत्यावश्यक चिज हो । बच्चादेखि वृद्धसम्मका मानिसलाई निद्रा पर्याप्त आवश्यक पर्दछ । तर अहिले धेरै मानिसहरु निद्रा नलाग्ने र सुतेपछि निदाउन गाह्रो हुने गरेको बताउने गरेका छन् ।

निद्राका लागि यस्तो गर्नुहोस्

नियमित समयमा सुत्न जानुहोस् र उठ्नुहोस्
दिउँसोको समयमा सुत्ने र झपक लगाउन कम गर्नुहोस्
धेरै व्यायामहरू गर्नुहोस् तर सुत्नुभन्दा अगाडि कठिन व्यायामहरु नगर्नुहोस्
सुत्नको लागि आरामदायी ओछ्यान र सिरानी प्रयोग गर्नुहोस्
शान्त र अँध्यारो कोठा बनाउनुहोस्
कोठाको वातावरण शान्त बनाउनुहोस्
एक कप तातो दूध पिउनाले निद्रा निम्त्याउन सक्छ
सुत्नुभन्दा अगाडि एकदमै भोको वा एकदमै अघाएको अवस्थामा नरहनुहोस्
सुत्नुभन्दा अगाडि एकदमै धेरै पानी र कफी वा चिया नपिउनुहोस्
सुमधुर संगीत सुन्ने, पुस्तकहरु पढ्ने, आरामदायी व्यायामहरू गर्ने र तातो बाथ गर्ने गर्नुहोस्
सुत्ने बाहेक अन्य समयमा बिस्तारामा नबस्नुहोस्
तपाईंले सुत्नुभन्दा कुनै अधुरा काम, गल्ती र समस्याका विषयमा नसोच्नुहोस्
बिस्तारामा जाने बेलामा बत्ती बन्द गर्नुहोस्
बिस्तारामा हुँदा नपढ्नुहोस्, टेलिभिजन नहेर्नुहोस्, संगीत नसुन्नुहोस्
बिस्तारामा गएको २० मिनेटसम्म निद्रा नलागेमा उठ्नुहोस् र फेरि निद्रा लागेजस्तो भएपछि मात्रै विस्तारामा जानुहोस्
माथिका विधिहरूले राम्रोसँग निदाउन सक्नुभएन भने तपाईंले चिकित्सकको परामर्श लिनुहोस्