नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित, असार दाेश्राे हप्ताभित्र गर्ने जानकारी

मूलखबर संवाददाता
काठमाडौं, २६ जेठ

नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा नहुने भएको छ ।  २७ औँ महाधिवेशनले यही जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने भएको हाे ।

महासंघको निर्वाचनको लागि ताेकिएकाे मितिमा निर्वाचन हुन नसकेको जानकारी १ दिन अघि अध्यक्ष विपुल पाेखरेलले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

उनलेे विज्ञप्तिमा मतदाता सदस्यता विवादका कारण निर्वाचन स्थगित गरि असारको दाेश्राे हप्ताभित्र निर्वाचन गर्ने जानकारी गराएका छन् ।

हेराैं प्रेस विज्ञप्ति-
नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनले यहीँ जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने भएको छ । मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्समा अर्को मिति तय हुने जानकारी गराइन्छ । निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि आग्रह गरिन्छ ।
विपुल पोख्रेल
अध्यक्ष