राष्ट्रिय याेजना आयाेगकाे सदस्यमा डा. सिंह नियुक्त
सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा. रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्य पदमा सिंहलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।
उहाँले शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्त गर्ने गरिएको पनि बताउनुभयो ।
त्यसैगरी सरकारले ५२ वटा विभिन्न रोगलाई सङ्क्रामक रोगको रुपमा पनि घोषणा गरेको छ । आवासीय सेवामा हड्ताल गर्न निषेध आदेश जारी गर्ने र सोको सूचना राजपत्रका प्रकाशन गर्ने निर्णय पनि सरकारले गरेको छ । हरेक ६ महिनामा जारी हुने सो आदेशलाई राजपत्रका प्रकाशित गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री शर्माले बताउनुभयो ।