यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त. मूलखबर संवाददाता काठमाडौं मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहलाई नियुक्त हुनुभएको छ । शुक्रबार मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।. यसअघि सिंहको नेतृत्वमा सरकार बनाउन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादीको समर्थनमा प्रदेश प्रमुख समक्ष दाबी पेस गरिएको थियो ।. प्रदेश सभामा १०७ सदस्य सङ्ख्यामा सामान्य बहुमतका लागि ५४ जनाको समर्थन आवश्यक छ । गठबन्धनका ५५ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा सिंह नियुक्त गर्नुभएको छ ।. प्रदेश प्रमुख भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाई शपथ गराउनु हुने कार्यक्रम तय गरिएको छ ।.
मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त
मूलखबर संवाददाता
काठमाडौं
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहलाई नियुक्त हुनुभएको छ । शुक्रबार मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यसअघि सिंहको नेतृत्वमा सरकार बनाउन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादीको समर्थनमा प्रदेश प्रमुख समक्ष दाबी पेस गरिएको थियो ।
प्रदेश सभामा १०७ सदस्य सङ्ख्यामा सामान्य बहुमतका लागि ५४ जनाको समर्थन आवश्यक छ । गठबन्धनका ५५ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा सिंह नियुक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाई शपथ गराउनु हुने कार्यक्रम तय गरिएको छ ।