मेयर बालेनले गरे ओली प्रति कडा प्रहार: गिरिबन्धुको फाइल छिट्ठै खोल्ने चेतावनी
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्युरोडमा पेटी बनाउन सडक काट्न अवरोध भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोशित भएका छन् । काठमांडौ महानगरपालिका २२ नम्बर न्युरोड क्षेत्रमा सडक साँघुरो रहेको भन्दै मेयर बालेनले सडक बिस्तार चौडाइ कटाउने कार्य अगाडि बढाएका थिय ।
भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको निर्देशनमा न्युरोड क्षेत्रको सडकको चौडाइ कटाउने कार्य सडक डिभिजनले रोकेको छ । आफुले गरिरहेको काममा नेकपा एमालेका वडाअध्यक्ष, मन्त्री रघुबिर महासेठ एमालेकै हुँदा मेयर बालेन आक्रोशित भएका हुन ।
आज बिहान आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै मेयर बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी– स्टेटको काण्ड लुकाउन र विषयान्तर गर्न राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूले बनाउन लागेको फुटपाथमा फेरि सडक बनाउन थालेको आरोप लगाएका छन् ।
मेयर बालेनले लेखेका छन् – १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईँको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।
यस्तै; न्युरोडको सडक काट्ने काम डिभिजनले रोकेकै दिन मेयर बालेनले रिङरोड विस्तारमा ढिलाइ गरेको भन्दै सडकको धुलो संकलन गरेर विभाग अगाडि फालेका थिए भने मन्त्रीको घरमा समेत फाल्ने चेतावनी दिएका थिए । कार्यपालिका बैठकमा वडाध्यक्षहरूले मेयरको कदमको आलोचना गरेका थिए । प्रतिवादमा मेयर बालेनले आज फेसबुकमार्फत ओलीप्रति आक्रोशित हुँदै कुनै दिन साँच्चिकै गिरिबन्धुको फाइल खोल्ने व्यक्ति आउने चेतावनी दिएका छन् ।