यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
आमाबाबुलाई कमाइकाे १० प्रतिशत दिनैपर्ने व्यवस्थासहित जेष्ठ नागरिक ऐन आउँदै. तपाईं आफ्ना आमाबाबुलाई कति माया गर्नुहुन्छ? आफुले कमाएकाे कति आमाबाबुलाई दिने गर्नुभएको छ? विशेषगरी जेष्ठ नागरिक हुनुभएका आमाबाबुलाई मायाका साथमा आर्थिक सहयाेगकाे जरुरी हुन्छ । तर छाेराछाेरीले त्यसलाई वेवास्ता गरिरहेका पाइन्छ ।. अब सरकारले जेष्ठ नागरिक बनेका बुबाआमालाई छाेराछाेरीले आफ्नो कमाइकाे निश्चित प्रतिशत दिनुपर्ने व्यवस्था सहितकाे ऐन ल्याउने भएको छ ।. महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ज्येष्ठ नागरिक ऐनमा सन्तानले आफ्ना बुवाआमाका लागि आम्दानीको १० प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था गरिएको बताउनुभएको छ ।. सामुदायिक विकास तथा सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र गट्ठाघरको स्थापना दिवस एवं सामुदायिक दर्पण स्मारिका विमोचन कार्यक्रममा मन्त्री चौधरीले छिट्टै नियमावली जारी हुने बताउनुभएको हो ।. उहाँले विधेयक समितिले ज्येष्ठ नागरिक नियमावलीको संशोधन पारित गरेको र संसद्बाट जारी हुने बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो, “सरकारले छोराछोरी वा हकवालाले आफ्नो औपचारिक वा अनौपचारिक जुनसुकै क्षेत्रबाट हुने कमाइको १० प्रतिशत रकम आफ्नो बुबा आमालाई दिनैपर्ने व्यवस्था गर्न लागेका छौँ ।”. उहाँले विधेयक पारित भएर ऐनले दिएको अधिकार ७५३ वटै पालिकामा पठाएर कार्यान्वयनमा ल्याउने तयारीमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानले दिएको हकलाई अब ज्येष्ठ नागरिकले उपभोग गर्न पाउनुहुने छ ।”.
आमाबाबुलाई कमाइकाे १० प्रतिशत दिनैपर्ने व्यवस्थासहित जेष्ठ नागरिक ऐन आउँदै
मूलखबर संवाददाता
काठमाडौं, २० जेठ २०८१
तपाईं आफ्ना आमाबाबुलाई कति माया गर्नुहुन्छ ? आफुले कमाएकाे कति आमाबाबुलाई दिने गर्नुभएको छ ? विशेषगरी जेष्ठ नागरिक हुनुभएका आमाबाबुलाई मायाका साथमा आर्थिक सहयाेगकाे जरुरी हुन्छ । तर छाेराछाेरीले त्यसलाई वेवास्ता गरिरहेका पाइन्छ ।
अब सरकारले जेष्ठ नागरिक बनेका बुबाआमालाई छाेराछाेरीले आफ्नो कमाइकाे निश्चित प्रतिशत दिनुपर्ने व्यवस्था सहितकाे ऐन ल्याउने भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ज्येष्ठ नागरिक ऐनमा सन्तानले आफ्ना बुवाआमाका लागि आम्दानीको १० प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था गरिएको बताउनुभएको छ ।
सामुदायिक विकास तथा सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र गट्ठाघरको स्थापना दिवस एवं सामुदायिक दर्पण स्मारिका विमोचन कार्यक्रममा मन्त्री चौधरीले छिट्टै नियमावली जारी हुने बताउनुभएको हो ।
उहाँले विधेयक समितिले ज्येष्ठ नागरिक नियमावलीको संशोधन पारित गरेको र संसद्बाट जारी हुने बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो, “सरकारले छोराछोरी वा हकवालाले आफ्नो औपचारिक वा अनौपचारिक जुनसुकै क्षेत्रबाट हुने कमाइको १० प्रतिशत रकम आफ्नो बुबा आमालाई दिनैपर्ने व्यवस्था गर्न लागेका छौँ ।”
उहाँले विधेयक पारित भएर ऐनले दिएको अधिकार ७५३ वटै पालिकामा पठाएर कार्यान्वयनमा ल्याउने तयारीमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानले दिएको हकलाई अब ज्येष्ठ नागरिकले उपभोग गर्न पाउनुहुने छ ।”