
बजेट समाजवाद उन्मुख भएकोले पुँजीवादीहरू आत्तिएका छन् : प्रधानमन्त्री
काठमाडौं, १८ जेठ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवाद उन्मुख बजेट आएकाेले पुँजीवादीहरू आत्तिएर अभिव्यक्ति दिएकाे बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र सम्वद्व पार्टीको संसदिय दलकाे बैठकमा शुक्रबार सम्वाेधन गर्दै पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले बजेटले समाजवादकाे आधार तयार गर्न भुमिका खेल्ने बताउँदै सन्तुलित र यथार्थपरक बजेट निर्माण गरेकाेमा अर्थमन्त्री वर्षमान पुनलाई धन्यवाद दिनुभएको थियाे ।
प्रधानमन्त्रीले सरकार र बजेटकाे पक्षमा दृढतापुर्वक उभिन सांसदहरूलाई निर्देशन दिनुभएको एक सहभागी सांसदले बताउनुभयाे । उहाँका अनुसार प्रधानमन्त्रीले २० खरबकाे बजेट ल्याउने चाहना भएतापनि श्राेत सुनिश्चितता गर्न गार्हाे परेपछि बजेटकाे आकार खुम्च्याउनु परेको जानकारी गराउनुभएकाे थियाे ।
