
घट्यो इन्धनको मूल्य, अब पेट्रोल १ सय ६८ मा
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा ३ रुपियाँ, मट्टीतेल र डिजेलमा १/१ रुपियाँ मूल्य घटाएको हो ।
अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १६८ रुपियाँ पर्नेछ भने मट्टीतेल र डिजेललाई १५३ रुपियाँ तिर्नुपर्नेछ ।
यसअघि पेट्रोलको १७१ र मट्टीतेल र डिजेलको मूल्य १५४ रुपियाँ थियो । घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको हो । निगमले एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ
