लमजुङका कुन पालिकामा कति देखियाे बेरूजु ?

मूलखबर संवाददाता
काठमाडौं, १६ जेठ

लमजुङकाे सबैभन्दा कम बेरूजु हुने नगरपालिकामा बेशिसहर नगरपालिका र  गाउँपालिकामा मर्स्याङ्दी गाउँपालिका पर्न सफल भएका छन् ।

लमजुङका ८ वटा स्थानीय तहमध्ये प्रतिशतको आधारमा सवैभन्दा बढी क्व्होलासोथार गाउँपालिकामा बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले पछिल्लो प्रतिवेदन सोमबार सार्वजनिक गरेको हो ।

प्रतिवेदनअनुसार मर्स्याङ्दी गाउँपालिकाको बेरुजु गण्डकी प्रदेशका स्थानीय तहमध्ये कम बेरुजु देखिएको स्तानीय तहको ५ औं नम्बरमा छ । उक्त प्रतिवेदनमा मर्स्याङ्दी गाउँपाकिलाको बेरुजु ० दशमलव १८ प्रतिशत रहेको छ ।
महालेखा परीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०७९–०८० को वार्षिक लेखा परीक्षण अनुसार मर्स्याङ्दी गाउँपालिकाको बेरुजु २३ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

मस्र्याङ्दी गाउँपालिकाको १ अर्ब ३३ करोड ४७ लाख २२ हजार रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो ।

क्व्होलासोथार गाउँपालिकामा ६१ करोड ७५ लाख १५ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा २ करोड ३२ लाख २८ हजार रुपैयाँ अर्थात ३ दशमलव ७६ प्रतिशत बेरुजु देखिएको छ ।

दोर्दी गाउँपालिकाको १ अर्ब ९ करोड २६ लाख ९८ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा ३ करोड ४८ लाख ८६ हजार रुपैयाँ अर्थात ३ दशमलव १९ प्रतिशत बेरुजु देखिएको छ ।

दूधपोखरी गाउँपालिकाको ९१ करोड ६८ लाख २ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा १ करोड ७८ लाख २६ हजार रुपैयाँ अर्थात १ दशमलव ९४ प्रतिशत बेरुजु देखिएको छ ।

राइनास नगरपालिकाको १ अर्ब ५० करोड १४ लाख ५४ हजार रुपैयाँ बराबरको लेखा परीक्षण गरिएकोमा ३ करोड १५ लाख ६१ हजार रुपैयाँ अर्थात २ दशमलव १० प्रतिशत रकम बेरुजु देखिएको छ ।

मध्यनेपाल नगरपालिकाको १ अर्ब १२ करोड ८२ लाख १० हजार रुपैयाँ बराबरको लेखा परीक्षण गर्दा १ करोड ८४ लाख ९० हजार अर्थात १ दशमलव ६४ प्रतिशत बेरुजु देखिएको छ ।
सुन्दरबजार नगरपालिकाको १ अर्ब ५३ करोड ८६ लाख १४ हजार रुपैयाँ बराबरको लेखा परीक्षण गरिएकोमा १ करोड ६० लाख ५१ हजार रुपैयाँ अर्थात १ दशमलव ०४ प्रतिशत बेरुजु देखिएको छ ।

बेंसीशहर नगरपालिकाको १ अर्ब ७७ करोड १२ लाख ६७ हजारको लेखा परीक्षण गर्दा १ करोड २६ लाख ४७ हजार रुपैयाँ अर्थात ० दशमलव ७१ प्रतिशत बेरुजु देखिएको छ ।

नगरपालिकाका सवैभन्दा बढी राइनास नगरपालिका र सवैभन्दा कम बेंसीशहर नगरपालिकाको बेरुजु देखिएको छ ।