अर्थमन्त्री पुनद्वारा १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत (पुर्ण पाठ)

मूलखबर संवाददाता
काठमाडौं, १५ जेठ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले आर्थिक वर्ष २०८१/८२को लागि आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्नुभएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको मंगलबारको बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गर्दै सो परिमाणको बजेट प्रस्तुत गर्नुभएको हो ।

सार्वजनीक गरिएको बजेटमा चालूतर्फ कुल विनियोजन बजेटको ६१ दशमलब ३१ प्रतिशत अर्थात् ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन गरिएको छ भने

पुँजीगततर्फ कुल विनियोजन रकमको १८ दशमलब ९७ प्रतिशत अर्थात् तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताउनुभयो ।

वित्तीयतर्फ कुल विनियोजन बजेटको १९ दशमलब ७४ प्रतिशत अर्थात् तीन खर्ब ६७ अर्ब १८ करोड बजेट विनियोजन गरिएको छ ।

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट दुई खर्ब तीन अर्ब ६६ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले अपाङ्गमैत्री र सुरक्षित कक्षा कोठा निर्माणको लागि दुई अर्ब ५० करोड रकम विनियोजन गरेको बताउनुभयो ।

उहाँले १२ कक्षा पूरा गरेका विद्यार्थीहरुलाई सीप र रोजगारीमा आवद्ध गरिने बताउनुभयो । उहाँले प्राविधिक धारको शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न गरिब तथा जेहेन्दार छात्रवृद्धि कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

उहाँले प्राविधिक शिक्षातर्फ एक अर्ब ५९ करोड विनियोजन गरेको बताउनुभयो । उहाँले सरकारले उच्च शिक्षाको लागि २१ अर्ब ४५ करोड विनियोजन गरेको बताउनुभयो ।

बजेट मस्यौदा २०८१ जेठ १५ गते 11_final