
भाेली नीति कार्यक्रम पास, १५ गते बजेट ल्याउने सहमति
अन्ततः प्रमुख राजनीतिक दलहरूबीच संसदकाे गतिरोध अन्त्य गर्ने सहमति भएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आव्हान गरेको शिर्ष बैठकमा साे सहमति जुटेको हाे ।
दलहरूबीच व्यक्ति किटान नगरी सहकारी समस्या समधान गर्न संसदीय समिति बनाउने र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनकाे अवराेध हटाउने सहमति भएको छ । त्यसैगरी आइतबार सरकारले पेश गरेको नीति कार्यक्रम पारित गर्ने र १५ गते बजेट ल्याउने सहमति भएको छ ।
बैठकमा सत्तारूढ दल र प्रतिपक्षी दलका शिर्ष नेताहरू र कार्यदलमा रहेका नेताहरू सहभागी रहेका थिए ।
