
आज संसद बैठक बस्दै, यस्तो छ १० कार्यसूची
संसदको दुबै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक विहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपरान्ह १ बजे बस्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवी लामिछानेलाई सहकारी अपचलनमाथि अनुसन्धान गर्न संसदीय छानवीन समिति बनाउनुपर्ने माग गर्दै निरन्तर संसदमा अवरोध गर्दै आएपनि सभामुखले अवरोधकै बीच संसद चलाउँदै आएका छन् ।
आज बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले जेठ १ गते सराष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची लगायत १० वटा कार्यसूची रहेका छन् ।
