राष्ट्रिय सभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

मूलखबर संवाददाता
काठमाडौं

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधकाबिच राष्ट्रिय सभाबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनको प्रति प्रतिनिधिसभा बैठकमा पेस गर्नुभएको थियो ।

मङ्गलबारको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले प्रतिपक्ष दलहरूको विरोधका बिच सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनमा धन्यवाद प्रस्ताव पारित भएको हो । कांग्रेसको विरोधका बिच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले धन्यवादको प्रस्तावमा सभाले सहमति जनाएको ब्यहोरा सभासमक्ष जानकारी गराउनुभयो ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्नुभयो । राष्ट्रिय सभाको अर्को बैठक जेठ ११ गते शुक्रबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ।