
कांग्रेसकाे गतिविधि इतिहासमा कलंककाे रूपमा दर्ज हुनेछ, महंगो पर्नेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले इतिहासमा कलंकित हुने व्यवहार प्रदर्शन गरेको बताउनुभएकाे छ ।
साेमबार प्रतिनिधिसभाकाे बैठकमा विश्वासकाे मत लिने कार्यक्रममा अवराेध र नाराबाजी गरिरहेको कांग्रेसलाई राेष्टमबाटै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले नेपालकाे इतिहासमा कांग्रेसले आज गरेकाे हर्कत कलंककाे रूपमा दर्ज हुने बताउनुभयाे ।
उहाँले आफुले कांग्रेसलाई पटक पटक प्रधानमन्त्री बनाउन सहयाेग गरेकाे स्मरण गराउँदै आज विश्वासको मत लिन समेत नदिने हर्कत धेरै महंगाे पर्न जाने चेतावनीसमेत दिनुभयाे ।
