
संसदलाई ब्यारेकमा परिणत गरियाे : कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदलाई ब्यारेकमा परिणत गरिएको आराेप लगाएकाे छ । साेमबारकाे संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवराेध र नाराबाजीका बीच प्रधानमन्त्रीले विश्वासकाे मत लिएको र बाेल्न समेत अवसर नदिएको भन्दै नेपाली कांग्रेसले साे आराेप लगाएकाे हाे ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफुहरू गम्भीर भएको बताएका छन् । उनले संसदलाई ब्यारेक बनाएर विश्वासको मत लिने काम गर्नु गलत भएको बताएका छन् ।
बैठकमा प्रधानमन्त्रीले विश्वासकाे मत लिने पुर्व निर्धारित कार्यसुची र कार्यतालिकामा कांग्रेसले निरन्तर नाराबाजी र वेल घेराउ गरेपछि सभामुखले मर्यादापालकलाई प्रधानमन्त्रीलाई विश्वासको कत लिने वातावरण बनाउन निर्देशन दिएका थिए ।
