
१० महिनामा १० हजार पर्यटक पुगे रारा
गत साउन १ गतेदेखि वैशाख मसान्तसम्ममा कर्णालीकाे रारामा पुग्ने पर्यटक १० हजार कटेका छन् ।
नेपालकै उत्कृष्ट तथा कर्णाली प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य रहेकाे रारा घुम्न १० महिनामा साढे १० हजार पर्यटक पुगेका हुन्।
आन्तरिक पर्यटक १० हजार तीन सय ४१ जना, सार्क मुलुकबाट ४३ र अन्य विदेशी मुलुकबाट एक सय ९५ जना गरी १० हजार पाँच सय ७९ जना पर्यटकले रारा भ्रमण गरेका हुन्।
रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुका सूचना अधिकारी जयहरि धितालका अनुसार चालू आर्थिक वर्षको १० महिनामै १० हजार पाँच सत ७९ जना पर्यटकले रारा भ्रमण गर्न आउनु सुखद र खुसीको कुरा हो।
