प्रधानमन्त्री प्रचण्डद्वारा विश्वासकाे मत प्रस्ताव, एमालेकाे समर्थन

मूलखबर संवाददाता
काठमाडौं, ७ जेठ७ जेठ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाैंथाे पटक विश्वासको मतको प्रस्ताव राख्नुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्‍त्री प्रचण्डले विश्वासको मतकाे लागि माग गर्नुभएकाे हाे ।

प्रतिनिधि सभाको सोमबारको बैठक कांग्रेसको नाराबाजी र वेल घेराउपछि सहमतिका लागि १५ मिनेट स्थगित भएको थियो।

दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वास मत प्रस्ताव गर्नुभएको  हाे । उनले विश्वास मत प्रस्ताव राख्दा कांग्रेससहित विपक्षी दलले सदनमा अवरोध गरेका थिए।

प्रधानमन्त्रीकाे प्रस्तावमा सत्तारूढ दलका तर्फबाट नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पाैडेलले समर्थन व्यक्त गर्नुभएको थियाे ।